बझाङमा हाडनाता बिहेमा कसुर ठहरपछि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बुंगल नगरपालिका–३ दह सिराडबाट फरार प्रतिवादी सोपना देवी कामीलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ। हाडनाताको सम्बन्ध रहेको रिउलो कामीसँग बिहे गरेको भन्दै मन्धिरे कामी भन्ने गणेश विकले उनीविरूद्ध जाहेरी दिएका थिए।
त्यसपछि प्रहरीले पक्राउ गरी अनुसन्धान पूरा गरेर अदालतमा पेस गरेको थियो। जिल्ला अदालतले गत साउन २० गते १ वर्ष कैद र १० हजार जरिवानाको सजाय सुनाएको थियो। सजायपछि उनी फरार भइन्। फरारपछि गत शुक्रबार उनलाई प्रहरीले पुन: पक्राउ गरेर अदालतमा पेश गरेका थियो।