बझाङमा वृद्धाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०७८ मा प्रकाशित     
बझाङमा वृद्धाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

बझाङ, ३१ भाद्र । जिल्लामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–६ की ८० वर्षीय रीठीदेवी जप्रेलको शव बिहीबार बिहान फेला परेको हो। उनको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भदौ २७ गतेदेखि बेपत्ता रहेकी उनको खोजी गर्ने क्रममा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । उनका अनुसार हत्याको आशंकामा उनका २१ वर्षीय नाति शुवास जप्रेल पक्राउ परेका छन्।

फरार अवस्थामा रहेका उनी खोजी गर्ने क्रममा बिहीबार नै पक्राउ परेको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेका शुवासलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको र बाँकी विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी  नायव उपरीक्षक खड्काले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap