बझाङमा पहिरोले बन्द सडक एक महिना पुग्नै लाग्दा पनि अझै खुलेन


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७८ मा प्रकाशित     
बझाङमा पहिरोले बन्द सडक एक महिना पुग्नै लाग्दा पनि अझै खुलेन

बझाङ २३ भाद्र । जिल्लाको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.बि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक अझै खुल्न सकेको छैन । यही भदौ ४ गते गएको पहिरोले गर्दा बु.न.पा ६ र ७ वडामा पर्ने कफलसेरि देखि सानिगाड हाइड्रोपावरको इन्लेट जोड्ने सडक अवरुद्ध भएको थियो ।

अविरल वर्षा सङ्गै गएको पहिरोले सडक बन्द हुनुका साथै विभिन्न व्यक्तिहरूको धन जन को समेत क्षति भएको थियो ।

विगत एक महिना देखि बन्द सडक खोल्न बुङ्गल नगरपालिका र बुङ्गलमा रहेका हाइड्रोपावरका प्रतिनिधि बिच बैठक बसी बु.न.पा. वडा न. ६ र ७ का स्थानीय जनप्रतिनिधि र स्थानीय बुद्धिजीवी हरूको रोहबरमा सल्लाह गरेर पीडितलाई उचित क्षतिपूर्ति र बन्द सडक खोल्ने भन्ने कुरा भएर बन्द रहेको सडक खोल्न आएको मेसिन नै रोकिएको छ ।

पानीको बहाव बढी भएको कारण तत्काल पुरै ताल खोल्न नमिल्ने भएकोले अहिले बन्द सडक मात्रै खोल्ने भनेर सानिगाड हाइड्रोपावरको मेसिन घटनास्थलमा आएको थियो । पहिरो गएको एक महिना बितिसक्दा पनि आफूहरूले कुनै निकायबाट पनि क्षति पूर्ति नदिएको भन्दै पीडित पक्षहरूले बाटो खोल्ने काम अवरुद्ध गरेको थियो ।

बाटो खोल्ने काम अवरुद्ध गर्न पीडितहरू हुल बाँधेर चलिरहेको मेसिन तिर जान खोज्दै थिए तर घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालयका प्रहरीहरुले उक्त व्यक्तिहरूलाई रोक्न खोज्दा केही छिनका लागि स्थिति तनावग्रस्त समेत बनेको थियो ।

पहिरो पीडित हरिभक्त दमाईले राहत नपाएको गुनासो गरेका छन् । उनले भने, ‘पहिरोले गर्दा पाक्न लागेको धान बाली सहित गाई समेत च्यापिए तर अहिले सम्म कुनै निकायले क्षति पूर्ति दिनु त परै जावस कुरा समेत गरेन।’

त्यस्तै, अर्का पीडित बु.न.पा वडा.न. ६ का राम ब धामी को गुनासो पनि के हि त्यस्तै छ । उनी भन्छन्, ‘अरूको त जमिन र बाली मात्रै पुरियो तर मेरो त घर, जग्गा सहित गोठमा रहेका दुई भैसि र कमाई खाने खेत समेत लग्यो तर पनि अहिले सम्म कुनै निकायले राहतका लागि खबर समेत गरेन ।

हामी पीडित सङ्ग सल्लाह गर्नु त कहाँ हो कहाँ ठुला बडा मात्रै बसेर आपसी छलफल गरी बाटो खोल्ने भनेर मेसिन घटनास्थल पुग्दा मात्र थाहा भयो । त्यसैले हामीले तुरुन्त क्षतिपूर्ति पाउनुपर्ने नत्र बाटो कुनै हालतमा पनि नखुल्न दिने भनेका हौ’।

यता बु.न.पा वडा नम्बर ७ का वडा अध्यक्ष टङ्क प्रसाद जोशी ले भने इलाका प्रहरी कार्यालय बुङ्गलका प्रतिनिधि अनि पिडितपक्ष र स्थानीय बुद्धिजीवीहरू सङ्ग बसेर पीडित लाई क्षतिपूर्ति दिने र सडक खोल्ने भन्ने विषयमा दिन भरि छलफल गरिरहेको बताए ।

उनले भने, ‘लिखित कागज समेत दिन्छौ भनी कुरा गर्दा पनि पीडित हुरेल बाटो खोल्न मानिराख्नु भएको छैन जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख ज्यु र बुङ्गल नगरपालिकाका मेयर ज्यु सङ्ग कुरा भई रहेको छ ।

आज नभए भोलि पनि हामी बाटो खोल्ने छौ , कुनै पनि हालतमा अब धेरै दिन बाटो बन्द पनि रहँदैन र पीडितले पनि छिट्टै क्षतिपूर्ति पाउँछन् ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap