बझाङमा आमाको मृत्यु शोकले बेहोस भएकी छोरीको पनि ज्यान गयो


लेखक : सुन्दराञ्चल      पुस १७, २०८१ मा प्रकाशित     
बझाङमा आमाको मृत्यु शोकले बेहोस भएकी छोरीको पनि ज्यान गयो

पुष १७, दुर्घटनामा परेर आमाको मृत्यु भएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।

आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् । आमाको पार्थिव शरीर देख्ने बित्तिकै बेहोस भएकी रोहणीको मृत्यु भएका आफन्त विश्वप्रकाश जोशीले बताए ।

बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गराएपछि केही बेर होसमा आएकी रोहणी फेरि बेहोस भएकी थिइन् । बेहोस अवस्थामै जिल्ला अस्पताल चैनपुर पुर्याएकी उनलाई अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए ।

आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएको हो । सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ । दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमाला र उनकी छोरी छोरी रोहिणीको मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो ।

१५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमतीको मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई समेत गुमाउँदा भावविह्वल बनेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap