बझाँङ जिल्लामा प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतलीको रौनक


लेखक : सुन्दराञ्चल      चैत्र २०, २०७९ मा प्रकाशित     
बझाँङ जिल्लामा प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतलीको रौनक

धनगढी चैत्र २० ,। सुदुरपश्चिम प्रदेशको बझाँङ जिल्लामा प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतली मेलाको सरु भएको छ । यो मेलामा देश बिदेमा बसोबास गर्ने हजारौं दश्रादालु तथा भक्तजनहरुले बान्नीको कांकर र बान्नी मष्टाको पुजा आजा दर्शन गर्ने गर्छन् ।

परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको यहाँका बुढापाका बताउँछन् ।

होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी निर्पराज जोशीले बताए ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर ९लिङ्गो० लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ३०र३५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय ५० मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका स्थानीय बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन परापुर्व कालदेखि चल्दै आएको छ ।

यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागि सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु छविसपाथिभेरा गाउँपालिकाको बान्नी चौरमा पुग्ने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा ९गजा० बनाइ विजय उत्सव मनाएको किवंदन्ती रहेको छ ।

बान्नीको चैतली मेलामा तीन वटा काँकर ९लिङ्गो० बान्नी मष्टाको मन्दिरमा चढाउने प्रचलन रहेको छ । तीन वटा काँकर मध्ये एउटा धामी गाउँबाट अर्को मतै मुम्लाबाट र अर्को बान्नीकोटबाट निकालिन्छ । आइतबार बासी चैतली भन्दै मिठो परिकार बनाएर खाने, ईष्टमित्रहरुलाई निमन्त्रण गरी रमाईलो गर्ने प्रचलन रहेको छ ।

केहि वर्ष पहिला धामिले लगाउने झकुलो९सेतो कपडा० पानी भिजेको र ओभानु नभएका कारण मेलालाई एक दिन पछि सारेको किम्बदन्ती रहेको स्थानीय सुरेश बहादुर रोकायाले बताए ।

मेलाको अवसरमा १ लाख ६ सय २० रुपैयाँ धनराशिको क्रिकेट प्रतियोगिता, १ लाख ३३ हजार ६ सय २० रुपैयाँ धनराशिको नगर तथा पालिका स्तरीय पुरुषतर्फ भलिबल प्रतियोगिताको आयोजना गरेको बान्नी चैतली मेला ब्यावस्थापन समितिका सचिव सुरेश रोकायाले बताए । यस्तै मेलाको अवसरमा नै डेउडा प्रतियोतिता समेत रहेको उनले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap