कञ्चनपुर २ भाद्र – बँदेलको मासुसहित एक जना पक्राउ परेका छन् । बँदेल मार्न प्रयोग गरिएको दुई थान जाल र डेढ किलोग्राम बँदेलको मासुसहित जिल्लाको लालझाडी गाउँपालिका -५ का ३९ वर्षीय राम साहेब राना पक्राउ परेका हुन् ।
लालझाडी वन क्षेत्रबाट गएराती साढे एघार बजेतिर लालझाडी सब डिभिजन वन कार्यालयका रेन्जर करुणाकर अवस्थीको नेतृत्वमा खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवका अनुसार रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।