फ्रान्स बराबरीमा रोकियो, डेनमार्क विजयी


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
फ्रान्स बराबरीमा रोकियो, डेनमार्क विजयी

१७ भदौ, काठमाडौं । फिफा विश्वकपको युरोपेली छनोटमा विश्व विजेता फ्रान्सले बोस्निया एण्ड अर्जगोभिनासँग १-१ को बराबरी खेलेको छ ।

१० खेलाडीमा सीमित रहेर खेलेको फ्रान्सले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

फ्रान्सको घरेलु मान स्टेड डे ला मेइनाउमा भएको खेलको ३६औं मिनेटमा एडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै एन्टोइनी ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल फर्काए । ५१औं मिनेटमा जुल्स कुन्डे रातो कार्ड पाउ मैदान बाहिरिएपछि फ्रान्स १० खेलाडी सीमित भयो । त्यसपछि थप गोल हुन सकेन र दुवै टिमले बराबरी खेल्दै समान एक अंक जोडे ।

समूह डी मा दोस्रो बराबरी खेलेको फ्रान्स चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो बराबरी नै खेलेको बोस्निया तीन खेलबाट दुई अंकसहित चौथो स्थानमा छ ।

उता समूह एफमा शतप्रतिशत जित हात पार्ने क्रममा डेनमार्कले स्कटल्याण्डलाई २-० ले हरायो ।

घरेलु मैदान कोपनहेगनमा भएको खेलमा डेनमार्कका लागि डानिएल वासले १४औं र योकिम माहलेले १५औं मिनेटमा गोल गरे ।

लगातार चौथो जितपछि १२ अंक जोडेको डेनमार्क शीर्ष स्थानमा छ । छनोटमा पहिलो हार बेहोरेको स्कटल्याण्ड भने पाँच अंकसहित चौथो स्थानमा छ । यसै समूहको अन्य खेलमा इजरायलले फारो आइसल्याण्डलाई ४-० ले र अष्ट्रियाले मोल्दोभालाई २-० ले पराजित गरेको छ । जितपछि इजरायल र अष्ट्रेलियाले समान ७ अंक जोडेका छन् । गोलअन्तरमा इजरायल अघि रहँदै दोस्रो स्थानमा छ ।

यसैगरी समूह जी मा नेदरल्याण्ड्सले नर्वेले १-१ को बराबरी खेलेका छन् । एर्लिन हालान्डले खेलको २०औं मिनेटमै गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा ड्याभी क्लासेनले डच टोलीका लागि बराबरी गोल फर्काए । यस समूहको अर्को खेलमा टर्कीले मोन्टेनेग्रोसँग २-२ को बराबरी खेल्यो ।

टर्की ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स, मोन्टेनेग्रो र नर्वेको समान ७ अंक छ र क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap