फेरि विवादमा दुर्गेशको ‘तीज गीत’


लेखक : सुन्दराञ्चल      साउन १७, २०७८ मा प्रकाशित     
फेरि विवादमा दुर्गेशको ‘तीज गीत’

काठमाडौँ —१७ साउन । गायक दुर्गेश थापा गीतकै कारण फेरि एकपटक विवादमा तानिएका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेर होस् या ‘बीच्चबीच्च-३’ मा साडी लगाएर गीत गाउँदा विवादमा तानिएका थिए । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता बिगारेको भन्दै प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । यसपालि भने तीज लक्षित गर्दै सार्वजनिक गरेको ‘बीच्चबीच्चमा-४’ ले उनी विवादमा तानिएका हुन् ।

६ दिनअगाडि युट्युबमा सार्वजनिक भएको ‘बीच्चबीच्चमा-४’मा प्रयोग गरिएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ । यसअघि गीतको प्रोमो सार्वजनिक हुँदा नै प्रतिष्ठानले दुर्गेशलाई पत्र काटेको थियो । संस्थाको विकृति/विसंगति न्यूनिकरण समितिले गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दको फेरबदल गर्नसमेत पत्रमार्फत ध्यानाकर्षण गराएको थियो ।

तर दुर्गेशले पत्रको प्रवाह नगरी गीत सार्वजनिक गरेको संस्थाका अध्यक्ष रमेश बि.जी बताउँछन् । ‘उहाँले जुन शब्द प्रयोग गर्नुभएको छ गीतमा । तीज गीतका नाममा शब्द सोभायमान भएनन् भनेर उहाँले गीत सार्वजनिक गर्नुअगावै पत्र काटेका थियौं । तर उहाँले त्यसमा प्रवाह गर्नुभएन,’बिजीले भने,’तर उहाँले विकृति/विसंगति न्यूनिकरण समितिमा ‘आफ्नै सुरले चल्ने व्यक्ति हुँ’ भन्दै फर्कनुभएछ । हामीले उहाँलाई धेरै पटक सुधारिएर आउनुस् भन्यौं उहाँ मान्नु भएन ।’

गीतमा प्रयोग गरिएको ‘ख्यास्स’ शब्दले महिलाहरुमाथि व्यंग्य गरेको बिजी बताउँछन् । ‘गीतमा कतैबाट त्यो शब्द मिलेको छैन । त्यो विशुद्ध महिला दिदीबहिनीमाथि गरिएको व्यंग्य हो । त्यो त एक किसिमको ‘बल्ल खाइस’ भन्ने भावको छ । त्यही शब्दमा हाम्रो आपत्ति हो । त्यस किसिमको शब्दको चयन संस्थाको लागि मान्य भएन,’उनले भने,’भनेको नमान्ने यस्तो व्यक्तिलाई राज्यले नै केही गर्नुपर्ने हो । कहिले गाँजा, बियरका कुरा, रक्सीका कुराहरु मात्रै गीत/संगीत होइन । गीत संगीतको व्यवसाय गर्ने हेतुले सस्तो लोकप्रियताका लागि जे गर्नुभएको छ । अत्यन्तै खेदजक छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap