फुटबल विवाद : छानविन समितिले आउँदो बुधबार प्रतिवेदन बुझाउने


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
फुटबल विवाद : छानविन समितिले आउँदो बुधबार प्रतिवेदन बुझाउने

४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको विवाद प्रकरणमा छानविन गर्न गठिन छानविन समितिले आउने बुधबार मात्रै प्रतिवेदन बुझाउने भएको छ । समितिले बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाउने तयारी गरेपनि रिपोर्टकै केही प्रक्रिया बाँकी रहेकाले बुधबारसम्म सरेको छ ।

बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित ७ सदस्यीय छानविनले विवादको विषमा छानविन गरिरहेको छ । ‘अब अर्को बुधबार मात्रै प्रतिवेदन बुझाउने भयौं । आइतबार र सोमबार छुट्टीको दिन छ । त्यसैले प्रतिवेदनलाई अन्तिम स्वरुप दिएर बुधबार सदस्य सचिवलाई बुझाउने छौं,’ समितिकी सदस्य सुवर्ण केशरी श्रेष्ठले भनिन् ।

समितिले अघिल्लो साताको बिहीबारसम्म छानविनका लागि विभिन्न १४ जनासँग बयान लिएको थियो । त्यसपछि बयान र डकुमेन्टहरुको अध्ययन गरेर प्रतिवेदन तयार पारिएको हो । ‘धेरै जनासँग बयान लिएकाले त्यसलाई भेरिफाइ गरेर प्रतिवेदन बनाउन केही समय लाग्यो,’ श्रेष्ठले भनिन् । श्रेष्ठले अझै १-२ जनासँग यस विषयमा सोधपुछ गर्ने सक्ने सम्भावना रहेको समेत बताइन् ।

युवा तथा खेलकुद मन्त्रालयले यस विषयमा छानविन गर्न राखेपलाई एक साताको समय दिएको थियो । तर थप समय लागेको यसअघि नै एक साताको समय थपिएको थियो । त्यसमा पनि अर्को एक साता लम्बिएको हो । यसबारे राखेपलाई जानकारी गराइसकेको श्रेष्ठले बताइन् ।

समितिले छानविनका क्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, एन्फा उपाध्यक्ष कृष्ण थापा र विर बहादुर खड्का एन्फा महासचिव इन्द्रमान तुलाधर, एन्फा पूर्व प्रवक्ता किरण राई, राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङ, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी, राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बु, नेपाल घोडचडी संघका अध्यक्ष रवि राजकर्णिकार र दुई सञ्चाकर्मीसँग बयान लिएको थियो ।

प्रतिवेदनमा बाहिर सुनिएभन्दा केही फरक विषय समेत समेटिएको र निष्पक्ष रुपमा तयार पारिएको श्रेष्ठले बताइन् ।

प्रशिक्षकले साउन १० गते राजीनामा दिने सामाजिक सञ्जालबाट घोषणा गरेपछि देखिएको विवाद एन्फा भित्रैबाट समाधान हुन नसकेपछि एन्फाको आकस्मिक बैठकले युवा तथा खेलकुद मन्त्रालयमा छानविनका लागि अनुरोध गरेको थियो । तर मन्त्रालयले राखेपलाई छानविनका लागि निर्देशन दिएपछि राखेपले समितिले बनाएर छानविन गरिरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap