फिल्मी शैलीमा चोरीयो मोबाईल…..?


लेखक : सुन्दराञ्चल      माघ १४, २०७८ मा प्रकाशित     
फिल्मी शैलीमा चोरीयो मोबाईल…..?

 माघ १४  वीरेन्द्रनगरको कालिन्चोक नजिक कामबाट फर्कदै गरेका करण सारुमगरको मोबाईल फिल्मी शैलीमा चोरिएको छ। करण आफू बस्ने कोठा नजिक पुग्दा अन्दाजी २२/२३ वर्षका दुई युवाहरु मोटरसाईकलमा आए। आफ्नो फोन फुटेको (विग्रीएको) आमा बिरामी हुनुहुन्छ भन्दै एक कल गर्न फोन मागे। समस्या परेका बेला एक कल फोन गर्न करणले आफ्नो मोबाइल दिई हाले।

ती चोरले ९८२२४२००९४ नम्वर डायल गर्दै कानमा फोन राखेर अगाडी हिँडे। अर्को चोरले बाईक स्टार्ट गरेर तयारी अवस्थामा थियो। अनि उनीहरु नेवारेतिर भागे। विहीवार साँझ ७ बजेतिर करण काम समेर एरिचौकबाट फर्कदै गर्दा कालिन्चोक नजिक आफ्नो मोबाइल लुटिएको बारे घटना सुनाए।  ‘चोरले आफ्नो फुटेको मोबाइल पनि देखायो।

आमा विरामी हुनुहुन्छ भनेपछि विश्वास लागेर फोन गर्न मोबाइल दिए।’ करण सारुमगरले भने, आपत परेको बेला सहयोग गर्दा मेरो मोवाईल नै लुटे।’ मोबाइल लुटेर मोटरसाईकलमा भाग्दै गर्दा केही समय पछिपछि दौडेपनि भेटाउन नसकेको उनले बताए।

तीन महिनाअघि क्याप्सन रोड, सिम्ताली चोकतिर फिल्मी शैलीमा कल गर्ने बाहानामा मोबाइल लुट्ने गिरोहहरु सक्रिय रहेको गुनासो यसअघि आएको थियो। त्यतिबेला पनि धेरैको मोबाइल लुटिएको थियो। जिल्ला प्रहरी कार्यालयमा चोरहरुको विगविगी रहेको खबर आएपछि प्रहरी सक्रिय भएर लाग्यो र ती चोरहरुलाई पक्राउ गरेको थियो।

पहिला फोन गर्न मोबाईल मागेर लुट्दै हिँड्ने ४ जनालाई पक्राउ गरि कारबाही भोगेर छुटेका भएपनि अहिले लुट्ने त्यही ग्रुप हो या नयाँ ग्रुप हो खोजी कार्य गरिने सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले बताए। सुर्खेत प्रहरीले यसअघि अपरिचित व्यक्तिलाई फोन मोबाइल नदिनका लागि जनचेतना कार्यक्रम (माईकिग) समेत गरेको थियो।

आजभोलि फोन नबोक्ने कमै हुन्छन्।’ सुर्खेत प्रहरी प्रमुख विष्टले भने, सकभर अपरिचित व्यक्तिलाई मोबाइल नदिनु नै राम्रो।’ मोबाइल चोर्नका लागि युवाहरूले विभिन्न बाहानामा मोबाइल माग्ने गरेको पाइएको प्रहरीको भनाई छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap