फागुन ६ र ७ गते धनगढीमा तर्क युद्ध प्रतियोगिता २०८१ गरिँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन ५, २०८१ मा प्रकाशित     
फागुन ६ र ७ गते धनगढीमा तर्क युद्ध प्रतियोगिता २०८१ गरिँदै

धनगढी , ५ फागुन / प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा तर्क युद्ध प्रतियोगिता गरिने भएको छ। नयाँ युवा नयाँ सोच नेपाल र क्रिएटिभ ल स्टुडेन्ट फोरम को संयुक्त आयोजनामा उक्त प्रतियोगिता गरिन लागेको आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

धनगढी उपमहानगरपालिकाभरिका सरकारी निजी विद्यालयहरूको सहभागितामा उक्त प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा एक विद्यालयले कक्षा ९ र १० मा अध्ययनरत दुईवटा समूहमा गरी ४ जना विद्यार्थीको सहभागिता गराउन सक्नेछ।

“तथ्ययुक्त तर्कहरुको वैचारिक लडाई “भन्ने विचारलाई आत्मसात गर्दै नीतिनिर्माण र कानुन निर्माण सँगै संसदीय अवधारणाको ज्ञान विद्यालय स्तरबाटै विद्यार्थीहरूलाई प्रदान गर्नको लागि उक्त कार्यक्रम गरिन लागेको कार्यक्रमका संयोजक ओम प्रकाश वस्तीले जानकारी दिए।

साथै सरकारका तीनवटै अङ्ग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको अवधारणाबारे समेत उक्त तर्क युद्ध प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिइने कार्यक्रमका सह-संयोजक गणेश खत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए। यो सँगै उक्त तर्क युद्ध प्रतियोगितामा वर्तमान अवस्थामा समाजमा विकराल रूपमा समस्यामा रहेको लागू औषधका बारेमा समेत छलफल, बहस सँगै न्यूनीकरणमा विद्यालय र विद्यार्थीको भूमिकाबारे समेत प्रशिक्षण गराइने आयोजकले जनाए ।

उक्त प्रतियोगिता फागुन ६ र ७ गते गरी दुई दिनसम्म सञ्चालन गरिने छ। प्रतियोगितामा उपमहानगरपालिका भरिका करिब २० देखि ३० विद्यालयहरूको सहभागिता रहने आयोजकको अनुमान छ। प्रतियोगिता सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको भवनमा सञ्चालन गरिने भएको छ।

प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत विजेता हुने विद्यार्थीलाई व्यक्तिगत ट्रफी, मेडल र प्रमाणपत्र सँगै प्रतियोगितामै उत्कृष्ट हुने विद्यालयलाई समेत ट्रफी मेडल प्रमाणपत्रले पुरस्कृत गरिने कार्यक्रम संयोजक बस्तीले जानकारी दिए।

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap