फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही पोषक तत्वयुक्त खाना सही मात्रा र सही समय खाँदा मात्रै स्वास्थ्य पनि सही रहन्छ । मानिसको सर्वांग स्वास्थ्यको लागि पोषक तत्वले भरिपूर्ण फलहरू खानुपर्छ । यसको लागि ती फलहरू समय अनुसार फरक छ कि छैन पहिचान गर्नुपर्छ ।

एक दिनमा दुई फल खानुहोस्

एक दिनमा दुईवटा फलको सेवनले छालाको चमक बढ्न जान्छ । साथै, मधुमेह र इन्सुलिन रेजिस्टेन्सको जोखिम पनि कम हुने गर्छ । तर फलको संख्या तोक्दा त्यसको आकारको पनि जिज्ञासा होला । तर सामान्यतया स्याउ १५० ग्राम, एभोकाडो २०० ग्राम, केरा ७० ग्राम हुने गरी फल खानुपर्छ ।

फलको मात्रामा नियन्त्र

फलफूल स्वास्थ्यको लागि लाभदायक हुन्छ । तर यही फल धेरै खायो भने यसले समस्या सिर्जना गर्छ । फल खाने बेलामा एउटा साझा समस्या हुन् कति खाने भन्ने । कुनै मीठो फल एकै पटक खाने होस् या थोरै मात्रामा खाने होस् यसले पोषणको सन्तुलन मिलाउन सक्दैन । फलहरूमा फ्रुक्टोज पाइन्छ । जुन कार्बोहाइड्रेटको एक प्रकार हो। तसर्थ, धेरै मात्रामा फल खाँदा वजन बढ्ने एव‌ रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

फलफूलको जुस आहारको हिस्सा हुन सक्छ

फलफूललाई डाइटको रुपमा प्रयोग गर्नको लागि फलफूलको रस पनि एउटा प्रभावकारी उपाय हो । प्याक गरिएको जुसको साटो घरमा बनेको फाइबर युक्त जुसलाई प्राथमिकता दिनुहोस् । जुसलाई सकेसम्म भण्डारण गरेर राख्नुहुन्न ।

मौसमी र स्थानीय उत्पादनमा ध्यान दिनुहोस्

सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण छ । सही पोषक तत्वहरुसँगै सही मात्रामा खाना खाने र सही समयमा खानु पनि आवश्यक हुन्छ । त्योभन्दा महत्वपूर्ण कुन ठाउँमा फलेको फल खाइएको छ त्यसले पनि असर गर्छ । मौसमी फलहरु पोषक तत्वले युक्त र बजेट मैत्री पनि हुन्छ । बाहिरबाट आउने फलहरू महँगो हुन्छ र धेरैदिन भण्डारण गर्न सकिने खालको पनि हुन्छ ।

समयको ख्‍याल राख्नुहोस्

यदि तपाईं तौल घटाउन वा चिनीको मात्रा नियन्त्रण गर्न चाहनुहुन्छ भने फल खाने सबैभन्दा उचित समय भनेको बिहानको खानाअघिको समय हो । यदि तपाईं साँझको खानाको समयमा फल खान चाहनुहुन्छ भने मेवाको जुस एक कचौरा खानुहोस् ।

दूधसँग फल

अर्को महत्वपूर्ण कुरा भनेको फल केसँग खाने भन्ने पनि हुन्छ । फल दूधसँग पनि लिन सकिन्छ, तर यदि तपाईं मधुमेह, पीसी‌ओएस वा कुनै अन्य स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने फल र दूध एक साथ खानु हुँदैन ।

फलसँगै प्रोटिनको मात्रा थप्नुहोस्

यदि तपाईं फलहरुमा हुने चिनीको मात्राबारे चिन्तित हुनुहुन्छ वा मधुमेह, मोटोपना र पीसीओएस जस्तै स्वास्थ्य अवस्थाका कारण कार्बोहाइड्रेट कम सेवन गर्न चाहनुहुन्छ भने फलमा प्रोटिनको मात्रा थप्नुहोस् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap