प्रेमीले धोका दिएपछि ज्यानलाई यसरी तिलाञ्जली दिइन् ज्योतिले


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
प्रेमीले धोका दिएपछि ज्यानलाई यसरी तिलाञ्जली दिइन् ज्योतिले

२६ साउन, सप्तरी । हरेक अभिभावकको धोको हुन्छ, आफ्ना सन्तानको उमेर पुगेपछि विवाह होस् । सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाका प्रमोद पासवानले यही धोको पूरा गर्न विराटनगरको एक परिवारसँग कुरा चलाए । उनलाई आफ्नी कान्छी छोरी ज्योतिको विवाह गर्नु थियो ।

८ फागुन २०७६ मा केटी हेर्न आएका पाहुनालाई पासवानले विभिन्न परिकारले स्वागत गरे । युवक पक्षले ज्योतिलाई मन पनि पराए । अर्को भेटमा विवाह मिति टुंगो लगाउने सहमति गरेर पाहुनाहरु विराटनगर फर्किए ।

पोखरियाकै कृष्ण मिश्र त्यही साँझ पासवानको घर आएर ज्योतिसँग आफूले विवाह गरिसकेको भन्दै होहल्ला गरे । बाबुआमाले त्यो कुरा सोध्दा ज्योतिले जनकपुरको मन्दिरमा विवाह गरेको बताइन् । ‘अनि हामीले पनि ठिकै छ भनेर विवाह गरिदिने भयौं,’ पासवान भन्छन् ।

ब्राम्हण समुदायका कृष्ण आयल निगममा जागिरे थिए । बुटवलमा कार्यरत उनले ज्योतिसँग विवाह गर्दा कुनै किसिमको सम्पत्ति नदिने भनेर कागज पनि गरे । पासवान भन्छन्, ‘उसले हाम्री छोरीलाई साँच्चै प्यार गर्छ भन्ने लागेको थियो ।’

कृष्ण मिश्र र ज्योति पासवान
पासवान अर्थात् दुसाध । तराई–मधेशको जातीय व्यवस्थाले यो समुदायलाई दलित भन्छ । परिवारले दलितसँग कुनै हालतमा विवाह गर्न नदिने भएपछि ज्योतिलाई लिएर कृष्णले गाउँ छाडे । उनले सिन्दुर–मंगलसूत्र पहिरिएकी ज्योतिसँग खिचेका फोटोहरु बीच–बीचमा फेसबुकमा पोष्ट गरिरहे । आफूहरुले सोचेजस्तो विवाह गरिदिन नपाए पनि छोरीको दाम्पत्य जीवन सुखपूर्वक बितिरहेको देखेर पासवान दम्पती खुशी थियो ।

जब ज्योतिले भनिन्– संकटमा परें

करीब पाँच महिनापछि कृष्ण एकाएक बेपत्ता हुन्छन् । बस्नलाई अर्को कोठा खोजेर आउँछु भनेर हिंडेका उनी एक सातामा पनि नफर्केपछि ज्योतिले आफ्नी आमा इनरदेवीलाई फोन गरेर आफू संकटमा परेको बताइन् । आफूलाई लहानको पुष्पाञ्जली लजमा राखेको र लजवालाले पैसा मागेर हैरान पारिरहेको कुरा पनि उनले आमालाई सुनाइन् ।

त्यसलगत्तै गाउँका केही व्यक्ति लिएर लहान पुगेका प्रमोद पासवानले छोरीलाई होटलबाट इलाका प्रहरी कार्यालय पुर्‍याएर कानूनी सहायता माग्छन् । लहान प्रहरीले कृष्ण मिश्र विरुद्ध जबर्जस्ती करणी र शरीरबन्धक मुद्दा चलाउन सकिने बतायो । ‘त्यही बेला मुद्दा दर्ता गर्न त प्रहरी तयार थियो,’ पासवान भन्छन्, ‘तर कृष्ण आउँछन् भन्दै छोरीले मुद्दा चलाउन मानिन ।’

प्रहरीले ज्योतिलाई बुवाकै जिम्मा लगायो । उनी २० वर्ष पुग्न केही दिन बाँकी थियो ।

ज्योतिका बुवा प्रमाेद पासवान र उनको परिवार शोकाकुल अवस्थामा
अनि रोजिन् आत्महत्या

घरमा आमाबुवासँग बस्न थालेकी ज्योति कृष्णको व्यग्र प्रतीक्षामा थिइन् । आमा इनरदेवीका अनुसार उनी कृष्ण अहिले आउलान्, भरै आउलान् भन्दै छट्पटाउने, रुने गरिरहन्थिन् । ‘म सम्झाइरहन्थे,’ इनरदेवी भन्छिन्, ‘तर ऊ रुन छाड्दैनथी ।’

घर नजिकै चियानास्ता पसल खोलेका ज्योतिका आमाबुवा साउन २३ गते सामान लिन बजार गएका थिए । पसलमा उनीहरुका जेठी छोरी आरती थिइन् । खाना पकाउन ज्योतिलाई भनिएको थियो । आरती खाना खान पसल बन्द गरेर घर जाँदा ज्योतिले सलको पासोमा झुण्डिएर प्राणपखेरु त्यागिसकेकी थिइन् ।

‘कृष्णले छाडेर गएको चिन्तामा हाम्री छोरी ज्योतिले प्राण त्यागिन्,’ प्रमोद पासवान भन्छन्, ‘हामीलाई न्याय चाहिएको छ ।’

उनले कृष्ण मिश्र विरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिइने बताए । ‘छोरीको मृत्युपछि के गर्ने, कसो गर्ने सोच्नै सकिनँ । न्यायका लागि आज प्रहरी कार्यालयमा उजुरी दिन्छौं, उनले भने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap