प्रियंकालाई अर्को सफलता


लेखक : सुन्दराञ्चल      साउन २१, २०७८ मा प्रकाशित     
प्रियंकालाई अर्को सफलता

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो करियरमा एकपछि अर्को सफलता र अवसर पाउँदै आएकी छिन्।

बलिउडबाट करिअर शुरू गरेर हलिउडमा समेत प्रसिद्धि कमाउन सफल प्रियंकाको प्रभाव बलिउडदेखि हलिउडसम्म मात्र नभई अन्य मुलुकमा पनि छ। उनले हालै एक अर्को अवसर पाएकी छिन्। प्रियंका हालै इटालीको लक्जरी ब्रान्ड बुलगेरीको वैश्विक ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छिन्। उक्त कम्पनीले एक वक्तव्य जारी गर्दै प्रियंकाले महिला सशक्तीकरण विविधता तथा समावेशी मुद्दामा ध्यान दिँदै संसारभर उक्त ब्रान्डको विस्तारमा सहयोग गर्ने विश्वास रहेको जनाएर इन्स्टाग्राम पोस्टमा उक्त कम्पनीको हार र औँठी लगाएको प्रियंकाको फोटो सेयर गर्दैै उनलाई स्वागत गरेको छ।

उक्त ब्रान्ड गहना, रत्न घडी तथा अत्तर तथा छालाका सामानका लागि प्रसिद्ध छ। कम्पनीका सीईओले प्रियंका आफ्नो कम्पनीमा जोडिन लागेकोमा उत्साहित हुनुका साथै कम्पनीका साथ धेरै कार्यमा सामेल हुने बताएकी छन्। प्रियंकाले पनि आफू लक्जरी ब्रान्डका साथ पार्टनरसिपको आशा गरिरहेको समयमा उक्त ब्रान्डको वैश्विक ब्रान्ड एम्बेस्डर नियुक्त भएकोमा निकै गर्व महुसुस गरेको भन्दै इन्स्टाग्राममार्फत आफ्ना फ्यानका साथ खुसी बाँडेकी छिन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap