प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक स्पतालमा गरिएको कोरोना परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । हाल अस्पतालमा १८ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जना आइसियुमा उपचार गरिरहेका छन । अस्पतालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap