प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने एक युवक धनगढीबाट पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने एक युवक धनगढीबाट पक्राउ

धनगढी-  प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।  हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई प्रहरीले बिहीवार  पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ । बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम मागेका थिए। पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap