‘प्रमोदको ‘आशा’देखि एलिनाको ‘भाग्यमै नभएको मान्छे’सम्म


लेखक : सुन्दराञ्चल      साउन २२, २०७८ मा प्रकाशित     
‘प्रमोदको ‘आशा’देखि एलिनाको ‘भाग्यमै नभएको मान्छे’सम्म

हरेक दिन नयाँ–नयाँ गीतका म्युजिक भिडियोहरु युट्युबमा सार्वजनिक भईरहेका हुन्छन् । सातामा दुई दर्जन बढी गीतहरु सार्वजनिक भएको पाईन्छ । पछिल्लो सात दिनमा पनि दुई दर्जन बढी गीतका भिडियोहरु युट्युबमा सार्वजनिक भए । यससाता केहीले औपचारिक कार्यक्रमको समेत आयोजना गरेर भिडियो सार्वजनिक गरे भने कतिपयले सोझै युटुबमा गीत सार्वजनिक गरे ।

सार्वजनिकमध्ये सिमित गीतले राम्रो चर्चा पाए, । केही गीत राम्रो भएर पनि युट्युबमा राम्रो भ्युज पाउन सकेनन् । केही भिडियो सार्वजनिक भएको त श्रोता एवं दर्शकले पत्तो पनि पाएनन् । हामीले यहाँ यो साता सार्वजनिक भएका १० गीत प्रस्तुत गरेका छौं ।

तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’

पाँच महिना अगाडि सार्वजनिक गीत ‘सम्झिनी पानी छम्किनी’को तीज भर्सन गत शनिबार सार्वजनिक गरिएको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको गीतमा सम्राट चौलागाई, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर छ । गीतमा सम्राट चौलागाँइकै शब्द तथा संगीत
छ ।

विक्रम स्वाँरको निर्देशन रहेको गीतको भिडियोमा भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुंगाना, गायक चौलागाँइ, जेभिष–जोभिन श्रेष्ठ, आयुषी ढकाल लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई वीरबहादुर थारुले सम्पादन गरेका हुन् । यो गीतको भिडियोले एक साता नपुग्दै युट्युबमा ५२ लाख बढी भ्युज पाएको छ । गीतको भ्युजलाई लिएर धेरैले विभिन्न टिका टिप्पणी समेत गरिरहेका छन् । रेकर्ड ब्रेक गर्ने धुनमा निर्माताले भ्यूज खरिद गरेको आरोप समेत यो गीतलाई लाग्ने गरेको छ ।
प्रमोद खरेलको ‘आशा’
गायक प्रमोद खरेलले दुई दिन अगाडि ‘आशा’ शीर्षकमा गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा प्रमोद स्वयंमले अभिनय गरेका छन् । स्नेहा थापासँग प्रमोदलाई फिचरिङ गरिएको छ ।

मनोजको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारी र उनको टिमको छायाँकन, जिवन थापाको सम्पादन छ । भिडियोले ३ लाख १५ हजार बढी भ्युज बटुलेको छ ।

रामकृष्णको स्वर, प्रकाशको अभिनयमा ‘नयाँ जीवन’

रामकृष्ण ढकाल र बेनिशा पौडेलको स्वरमा रहेको ‘नयाँ जीवन’ बोलको गीत गत शुक्रबार सार्वजनिक गरियो । निशा अर्यालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । विक्रम स्वाँरको निर्देशन रहेको भिडियोमा प्रकाश सपूत, कालु राना, मोनिका बुढाथोकी लगायतको अभिनय छ । कथावाचन शैलीमा निर्माण गरिएको भिडियोले विगतका कुरा बिर्सिएर आगामी जिवनलाई सुन्दर तरिकाले अगाडि बढाउनुपर्ने सन्देश दिएको छ ।

यस गीतको भिडियोको भ्युज भने निकै कम छ । एक सातामा भिडियोको भ्युज ३६ हजार मात्र छ । नवराज उप्रेतीको छायाँकन रहेको यस गीतको भिडियोलाई तारा थापाले सम्पादन गरेका हुन् ।

पल र गरिमाको ‘एउटा सपना छ’

अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय रहेको ‘एउटा सपना छ’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा मुन प्रसाइँले स्वर दिएकी छिन् । उत्तम हुमाँगाईको छायाँकन रहेको भिडियोलाई हरि हुमागाइँले निर्देशन एवं सम्पादन गरेका हुन् । गीतको भिडियोले युट्युबमा २ लाख ४६ हजार बढी भ्यूज पाएको छ ।

प्रकाशको ‘जिन्दगी यस्तै नै रहेछ’

एक साताअगाडि ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भयो । अजय कार्कीको शब्द, संगीत रहेको गीतमा अजय कार्की र सुरक्षा सेञ्चुरीको स्वर छ । दर्पण राईको निर्देशनमा बनेको यो भिडियोमा प्रकाश सपूत र समीक्षा बस्नेतको अभिनय छ ।

अनिल के.मानन्धरको छायाँकन रहेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । सार्वजनिक भएको एक सातामा भिडियोलाई ९० हजार पटक हेरिएको छ ।

बद्रीको तीज गीत ‘माया भन्न मिल्दैन होला’

लोकगायक बद्री पंगेनीको तीज गीत ‘माया भन्न मिल्दैन होला’ एक साता अगाडि उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतमा बद्री र संगीता पौडेलको स्वर छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

शंकर बिसीको निर्देशनमा बनेको गीतको भिडियोमा अञ्जली अधिकारी, प्रिया अधिकारी, वविन ठकुरी लगायतको अभिनय छ । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । यो गीतको भिडियोले एक सातामा १ लाख भ्युज पाएको छ ।

पूजाको अभिनयमा ‘तिमी आउने जाने बाटो’

टंक बुढाथोकीको शब्द तथा संगीत, अस्मिता अधिकारी र अविनाश न्यौपानेको स्वरमा ‘तिमी आउने जाने बाटो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा पूजा शर्मा र आनन्द सिंहको अभिनय छ । यो गीतको भिडियोलाई सशान कंडेलले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन छ । एक साता अगाडि टंक बुढाथोकीकै युट्युब च्यानलमा सार्वजनिक भिडियोले १ लाख ३० हजार भ्युज बटुलेको छ ।

मलिकाको ‘तिम्रो माया’

निशान भट्टराई र बेनिशा पौडेलको स्वर रहेको ‘तिम्रो माया’ बोलको गीतको भिडियो बिहीबारमात्रै सार्वजनिक भएको हो । रोमान्टिक गीतको भिडियोमा मलिका महत र कुन्साङ बोमजनको अभिनय छ । मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् ।

राजेश पुमा राईको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायांकन तथा विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोले एक दिनमा ३५ हजार भ्युज पाएको छ ।

एलिनाको ‘भाग्यमै नभएको मान्छे’

एलिना चौहानको स्वरमा बिहीबारमात्रै ‘भाग्यमै नभएको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विशाल निरौलाको शब्द, संगीत र एरेन्ज छ । श्रिजन बरालको निर्देशनमा बनेको गीतको भिडियोमा जिबी चिरन, रोशनी कार्की, समिर खान लगायतको अभिनय छ । दिपक गिरी र उनको टिमले छायाँकन गरेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् ।

‘ईकु’को निर्देशनमा ‘जिउनु छ साथमा’

हास्य कलाकार सुलेमान शंकर ‘ईकु’को निर्देशनमा ‘जिउनु छ साथमा’को भिडियो सार्वजनिक भयो । ज्ञानेन्द्र गिरीको शब्द एवं संगीत रहेको गीतमा प्रदाप दास र अस्मिता अधिकारीको स्वर छ ।

गीतको भिडियोमा पुष्प खड्का र प्रकृति घिमिरेलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । साथमा छत्र श्रेष्ठको समेत भिडियोमा अभिनय हेर्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायाँकन, सन्देश शाहको सम्पादन छ । ४ दिनअघि सार्वजनिक भिडियोले १ लाख १० हजार बढी भ्युज पाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap