प्रमुख प्रशासकीय अधिकृत,र इन्जिनियर साउदमाथि हातपात,बाजुरामा


लेखक : सुन्दराञ्चल      असार २२, २०८० मा प्रकाशित     
प्रमुख प्रशासकीय अधिकृत,र इन्जिनियर  साउदमाथि हातपात,बाजुरामा

असार २२,  बाजुराको बुढिगंगा नगरपालिकामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदमाथि हातपात तथा गालीगलौज गरिएको छ।
योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै हातपात र गालीगलौज गरिएको नगरपालिकाले जनाएको छ। सोही आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढिगंगा नगरपालिमा वडा नम्बर–७ का वडाअध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए।

कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको डिएसपी बोहोराले बताए। बिहिवार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नाथ र इन्जिनियर साउदलाई हातपात तथा गालीगलौज गरेको भन्दै दिलीपलाई प्रक्राउ गरेको र एकपटक दुवै पक्षबिच छलफल गर्ने डिएसपी बोहोराले जानकारी दिए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap