प्रधानमन्त्री सचिवालयको भिडियो सन्देश : शेरबहादुर देउवा श्रीपेचबिनाका राजकुमार हुन्


लेखक : सुन्दराञ्चल      साउन १७, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री सचिवालयको भिडियो सन्देश : शेरबहादुर देउवा श्रीपेचबिनाका राजकुमार हुन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय पछिल्लो समय निकै सक्रिय छ । फेसबुक र ट्वीटरमा मात्रै होइन भाइबर र इन्स्टाग्राममा पनि देउवाका गतिविधि छाउन थालेका छन् । देउवाको सचिवालयले विगतमा उनको नेतृत्वमा भएका कामको प्रचार गर्न श्रव्यदृश्य सबै खालको प्रयत्न गरिरहेको छ । हालै देउवाको आधिकारीक भाइबर ग्रुप हुँदै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले भने कांग्रेस वृत्तमा धेरै चर्चा कमाएको छ ।

‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने’ भन्ने शीर्षकमा तयार पारिएको भिडियो सामाग्रीमा देउवाको गृहजिल्ला डडेल्धुराका कांग्रेस नेता तीर्थ शाहीले आफ्नो धारणा राखेका छन् । उनले देउवाको पक्षमा धारणा राख्ने क्रममा देउवा वीपी कोइरालापछिको दोस्रो महान् व्यक्ति रहेको टिप्पणी गरेका छन् । देउवाको गुणगान उनले यत्तिमै रोकेका छैनन्, उनले भनेका छन्- बिपीले पनि झापा सम्मेलनमा भन्नुभएको थियो, शेरबहादुर देउवा बिना श्रीपेचका राजकुमार हुन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भइसकेको छ । ‘बिना श्रीपेचको राजकुमार’ भन्ने विशेषण वर्तमान समयमा प्रधानमन्त्रीका लागि उपयुक्त देखिदैन । यद्यपि श्रव्यदृश्य निर्माणमा देउवालाई ‘महान्’ देखाउन प्रयोग गरिएको धारणा अहिले कांग्रेसवृत्त व्यंग्यको विषय बनेको छ । ‘शेरबहादुर देउवाको योगदानको अवमूल्यन गरिनुहुँदैन तर उहाँ बिना श्रीपेचको राजकुमार हो, बिपीपछिको दोस्रो महान् व्यक्तित्व हो भनेर आफ्नै जिल्लाका मान्छेलाई भन्न लगाएर प्रचार गर्नुभनेको गलत हो । यो अलि मपाईत्व भयो कि जस्तो लाग्छ’, भिडियो हेरेपछि कांग्रेसका एक नेताले भने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap