प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड रहेको बताएका छन्


लेखक : सुन्दराञ्चल      चैत्र १०, २०७८ मा प्रकाशित     
  प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड रहेको बताएका छन्

चैत्र १० स्याङ्जा  प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड रहेको बताएका छन् । बिहीबार स्याङ्जाको चापाकोटमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गदै उनले देश निर्वाचनको सँघारमा रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने ,‘हामी अहिले निर्वाचनको सँघारमा छौँ । निर्वाचनको पूर्व तयारीमा अगाडि बढेका छौँ । समयमै निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्छ ।’ निर्वाचन स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री देउवाको जोड थियो ।

तीन तहको सङ्घीय प्रणालीमा स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा हुने सरकार भएको बताए ।स्याङ्जा पुगेर  प्रधानमन्त्री देउवाले चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।प्रधानमन्त्री देउवालाई स्थानीय र नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार स्याङ्जापछि उनी आजै तनहुँ जाने कार्यक्रम छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap