प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताए


लेखक : सुन्दराञ्चल      मंसिर २५, २०७९ मा प्रकाशित     
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताए

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताएका छन् । यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उनले आग्रहसमेत गरे ।

गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् ।

उनले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

उनले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap