प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट


लेखक : सुन्दराञ्चल      माघ ३, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट

काठमाडौँ माघ ३। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएलगतै राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ ।

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच कुराकानी भएपछि स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।

समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन्। ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज छलफल भएको थियो। स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने तयारी भएको प्रचण्ड सचिवालय श्रोतले जाएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन। तत्कालै मिति तय गरेर निर्वाचनको प्रक्रिया सुरू गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले माग गरिरहेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap