प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट


लेखक : सुन्दराञ्चल      माघ ३, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट

काठमाडौँ माघ ३। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएलगतै राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ ।

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच कुराकानी भएपछि स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।

समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन्। ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज छलफल भएको थियो। स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने तयारी भएको प्रचण्ड सचिवालय श्रोतले जाएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन। तत्कालै मिति तय गरेर निर्वाचनको प्रक्रिया सुरू गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले माग गरिरहेका छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap