प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुने..


लेखक : सुन्दराञ्चल      चैत्र १४, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुने..

काठमाडौं १४ चैत, । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।

भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap