काठमाडौं १६ भाद्र ।: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ। नियमित बैठक भनेपनि प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ।
प्रधानमन्त्री नियुक्त भएको करिब २ महिना पुग्नै लाग्दा पनि देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारबाही प्रभावित हुँदै आएका छन्।