प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । केही बेरपछि बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ । बैठक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन बोलाएको बुझिएको छ ।
सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो । सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको हो ।
सरकारले एमालेको माधव नेपाल पक्षको समस्या समाधानका लागि अध्यादेश ल्याउने तयारी गरे पनि यसको असर जनता समाजवादी पार्टी ९जसपा० मा समेत पर्ने भएको छ ।
माधव नेपालका लागि ल्याइने अध्यादेशमै टेकेर महन्थ ठाकुर पक्षले पनि दलको वैधानिकता पाउने बाटो खुल्ने छ, जसले सत्ता गठबन्धनमा सहभागी उपेन्द्र यादव पक्षलाई चिढ्याउने संकेत देखिएको छ ।
जसपाको महन्त ठाकुर पक्षले भने अध्यादेश माग गर्दै आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चाँडो अध्यादेश ल्याउन माग गरेको थियो ।