प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन्। बैठक आज दिउँसो ३ बजे बालुवाटारमा म बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

बैठक नियमित भएकाले कोरोना महामारी रोकथाम र सरकारका कामकारबाही मात्रै एजेण्डा रहेको बताइएको छ। सर्वोच्च अदालतको परमादेशमा गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारका न्यूनतम साझा कार्यक्रम आएपछि मन्त्रिमण्डल विस्तारको काम अघि बढ्ने नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो। आइतबार सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap