प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे


लेखक : सुन्दराञ्चल      चैत्र २०, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे

काठमाडौं  २० चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे ।

बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम छ ।

तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका देउवा बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap