प्रदेश स्तरिय वार्षिक समिक्षा सम्पन्न ,प्रतिफल आउनेगरि काम गर्ने कर्मचारीलाई मन्त्रि साउदको निर्देशन


लेखक : सुन्दराञ्चल      अशोज २७, २०८० मा प्रकाशित     
प्रदेश स्तरिय वार्षिक समिक्षा सम्पन्न ,प्रतिफल आउनेगरि काम गर्ने कर्मचारीलाई मन्त्रि साउदको निर्देशन

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि झपट बहादुर साउँदले स्वास्थ्य क्षेत्रको नीतिगत समस्या समाधानकालागि प्रदेश सरकार गंभिर भएर लाग्ने बताउनुभएको छ । नीतिगत समस्याका कारण सेति प्रादेशिक अस्पताल, टिकापुर अस्पताल लगाएतमा केहि समस्या भएपनि अब भने प्रदेश सरकारले ती समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो । ,
“समृद्ध सुदुरपश्चिमका लागि स्वस्थ नागरिक“ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय ,स्वास्थ्य निर्देशनालय दीपायलको आयोजनामा आर्थिक बर्ष ०७९÷ ०८० सम्पादित कार्यक्रमको प्रदेश स्तरिय तीन दिने स्वास्थ्य समिक्षा गोष्ठी समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मन्त्रि साउँदले उक्त कुरा बताउनु भएको हो । बिगत र बर्तमानको समस्याको ठोस निस्कर्ष निकालेर स्वास्थ्य क्षेत्रको सुधारकालागि समेत आफु लागिपर्ने बताउनु भयो । मन्त्रि साउदले भन्नुभयो “बजेट को समस्या, व एन एम को समस्या , सेति अस्पताललाई दुई सय बेडमा सञ्चालन गर्नु पर्नेमा अहिले सम्म पचास बेडमै सञ्चालन गर्नु पर्ने अवस्था ,बजेट अभावको समस्याछन् यी सबै समस्या समाधान गर्न मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने छु । कार्यक्रममा सहभागि नौ वटै जिल्लाका नीजी तथा सरकारी स्वास्थ्य संस्था का प्रमुख तथा प्रतिनिधिहरुलाई स्वास्थ्य क्षेत्रमा प्रतिफल आउनेगरि काम गर्ने मन्त्रि साउदले निर्देशन दिनुभयो । उहाँले सेतीप्रदेशिक अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल भएको हेर्ने ईच्छा भएको र त्यसकालागि आफुले आवश्यक सहयोग गर्ने बताउनु भयो । यस्तै कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख तथा कार्यक्रमका अध्यक्ष डा।जगदिश जोशीले तीन दिन सम्म चलेको कार्यक्रममा प्रदेश सरकार संग जोडेर उठेका विषयमा स्वास्थ्य निर्देशनालय गंभीर भएको बताउनु भयो । उहाँले , व्यक्तीगत र सामुहिक प्रयासले सबै संभव हुन्छ , ईच्छा शक्ति लगाएर काम गरे सफल भइने हुँदा सबैले मेहनत गरेर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा “सुदुर–पश्चिम प्रदेशका ,९ ओटै जिल्लाका उत्कृष्ट हुने अस्पताल ,प्रदेश अस्पताल,जनस्वास्थ्य कार्यालय , स्थानीय तह, आयुर्वेदिक अस्पताल,स्वास्थ्य कार्यालयलाई सम्मान गरिएको थियो । बार्षिक कार्यसम्पादनका आधारमा ९प्रर्थम,द्वतिय,तृतीय ० स्थान हासिल गर्ने कार्यलयहरूलाई उत्कृष्ट काम गर्ने नौ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्था,विश्व स्वास्थ्य संगठन लगाएत लाई समेत संम्मान गरिएको थियो । संम्मानित हुने अस्पतालमा प्रथम अछाम जिल्ला अस्पताल ,द्धितीय बैतडी जिल्ला अस्पताल ,तृतीयमा बझाङ जिल्ला अस्पताल भएका थिए । स्वास्थ्य कार्यालय तर्फ प्रथम कैलाली ,द्धितीय अछाम ,तृतीय दार्चुला जिल्ला स्वास्थ्य कार्यलय भएको थियो । तीन दिने कार्यशालामा प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्य संस्थाले हासिल गरेका उपलब्धि र सामना गर्नुपरेका चुनौती , भौतिक अवस्थाका विषयमा छलफल गरिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap