प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै

२ भदौ, बुटवल । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । प्रमुख सचेतक ढकालले सांसद अजय शाही र विमला खत्रीलाई सभामुखले पदमुक्त नगरेसम्म सहमति नहुने बताए । ‘मुख्यमन्त्रीले बोलाउनुभएको छ, बैठकमा जान्छौं,’ ढकालले भने, ‘तर हाम्रो दलका दुईजना माननीयलाई कारबाही नगर्दासम्म सदन चल्न दिन्नौं, हाम्रो बटमलइन यही हो ।’

यसअघि हिजो प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक विपक्षी एमालेको अवरोधका कारण शुुरु भएको ६ मिनेटमै स्थगित भएको थियो । आज दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले दुई सांसदलाई कारबाही गर्न एमालेले बुझाएको पत्रबारे अध्ययन र कानुनी परामर्श भइरहेको बताए ।नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र  रोजेकी विमला एमाले दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित एमाले नेता उत्तर कुमार वलीको निधनपछि सोही ठाउँबाट निर्वाचित भएकी थिइन् । विमलालाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोपसमेत लागेको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको हृवीप नलाग्ने दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ताबाट विपक्षमा जाने वित्तिकै एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap