बैशाख २१,धनगढी ,सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा खानेपानिको चरम अभाव भएको छ । लामो समय देखि वर्षा नहुँदा जमिन मुनि पानिको सतह सुकेपछि खानेपानिको समस्या सुरुभएको हो । धनगढी लगाएत तराईका जिल्लामा चैत्र ,बैसाख महिनामा लामो समय सम्म पानि नपर्दा खानेपानिको समस्या आएको हो ।
धनगढी उपमहानगरका १९ वटा वडामा ३२ हजार २ सय ४९ घरधुरी संख्या रहेको छ । उक्त घरमा ४६ हजार ६ सय ७० घरपरिवार बस्दै आएकाछन् । ३२ हजार २ सय ४९ मा ९ हजार घरपरिवारमा मात्र धाराको खानेपानीको पहुँच पुगेको खानेपानि वितरण कार्यालय धनगढीका प्रमुख शैलेन्द्र शाहले जानकारी दिए । उहाँका अनुसार धनगढीमा अत्याधिक गर्मि बढेपछि खानेपानिको आवश्यकता अनुसार माग पुरा गर्न नसकिएको हो । खानेपानिको रिर्जव टंकि अहिले थप गरेका छौ र पनि टंकिमा पानि रिर्जव रहदैन खानेपानिकै लाईन वितरण गरिएका केहि वडाहरुमा समस्या आएको उनले बताए ।
दिनभरी खानेपानि आउने धारमा समेत आज भोलि एक दुई घण्टा मात्र पानि आउने गरेको उपभोक्ता बताउनु हुन्छ । धनगढी उपमहानगरको धरधुरी संख्याकोृ आधारमा धनगढी उपमहानगरका २३ हजार २ सय ४९ घर परिवार अझै स्वच्छ खानेपानिको पहुँचबाट बाहिर रहेका छन् । खानेपानिको लाईन बिस्तार नभएका र नल्काको पानि उपभोग गर्ने परिवारमा अहिले खानेपानिको चरम अभाव रहेको धनगढी उपमहानगर पालिका वडा र्न २ की लक्ष्मी जोशी बताउनु हुन्छ ।
नल्कामा पानि सुकेको तीन हप्ता जति भै सक्यो दिनमा एक थोपा पनि पानि आँउदैन रातिमा मोटर चलायो भने अलिकति मात्र आउँछ । यो समस्या हाम्रो टोलका धेरै जसो घरमा छ । आकासको पानि नपरुन्जेल पानिको समस्या यथावत रहने उहाँ बताउनु हुन्छ । गाँउ तिर समस्या अलि कम भएपनि धनगढी बजार क्षेत्रमा भने खानेपानिको समस्या बढेको छ । खानेपानि धारामा नआउँदा पानि खरिद गरेर खानपाउने विकल्प नहुँदा समस्या अझै बढेको र जेठ महिना मा पानि कहिले पर्ला भनेर कुरेर बस्नु पर्ने अवस्था आएको छ । टोलमा सार्वजनिक खानेपानिका धारा छैन जमिनको पानि समेत सुके पछि अव एक महिना पानि कहाँबाट खाने भन्ने समस्या आएको उपभोक्ता दिनेश खण्का बताउनु हुन्छ ।