प्रदेश राजधानीसम्म जोड्ने हवाई सेवा तीन वर्षदेखि ठप्प, संघ राजधानी पुग्न न बस, न प्लेन


लेखक : सुन्दराञ्चल      साउन २९, २०८१ मा प्रकाशित     
प्रदेश राजधानीसम्म जोड्ने हवाई सेवा तीन वर्षदेखि ठप्प, संघ राजधानी पुग्न न बस, न प्लेन

साउन २९ बैतडी, सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको छ । प्रदेश राजधानी धनगढीसम्म जोड्ने हवाई सेवा पनि तीन वर्षदेखि ठप्प छ।

लामो दुरीको बस र प्रदेश राजधानीको हवाई सेवा बन्द हुँदा बर्खाका बेला स्थानीयलाई मर्का परेको छ । जिल्ला सदरमुकाममा बसपार्क भए पनि काठमाडौँ चल्ने लामो दुरीको बस सेवा सुचारु छैन ।  करिब १७ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको पाटन विमानस्थल पनि २०७८ चैत ११ गतेदेखि बन्द छ । विमानस्थलको धावनमार्ग र टर्मिनल भवन आकर्षक छ तर यहाँबाट न हवाई उडान सञ्चालनमा छ, न त काठमाडौँ जाने बस नै पाइन्छ ।

बैतडीबाट सिधै काठमाडौँ जाने यात्रु नभएका कारण बस सेवा बन्द गरिएको महाकाली यातायात काउन्टरका दानसिंह थापाले बताउनुभयो । त्यस्तै पाटनमा रहेको विमानस्थल कालोपत्रेपछि २०७७ साल असोजमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि एक दिन विमान उडे पनि त्यसपछि भने सुनसान बनेको छ । स्थानीय वसन्त विष्टले हवाई सेवा बन्द हुँदा आकस्मिक उद्धार तथा हवाई सेवाबाट जिल्लावासी वञ्चित भएको बताउनुभयो।

महाकाली अञ्चलको पुरानो सदरमुकामसमेत रहेको पाटन विमानस्थल पहाडी सम्पर्क केन्द्रका रूपमा परिचित रहेको थियो । देशका १० वटा नयाँ सहरमध्ये पाटनमा पनि नयाँ नमुना सहर आयोजनाको कार्यालय स्थापना भएको छ । पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले राज्यले करोडौँ रुपियाँ खर्च गरेर बनाएको विमानस्थलमा हवाई सेवा नियमित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी स्वामित्वका एयरलाइन्स सञ्चालनका लागि पहल गरेर हवाई सेवा दिनुपर्ने बताउनुभयो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap