प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकले बजेटसम्बन्धी ‘आर्थिक विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ लाई बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदकाे नाराबाजीबीच यी दुई विधेयक पारित भएकाे हाे ।

अर्थ मन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap