प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकले बजेटसम्बन्धी ‘आर्थिक विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ लाई बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदकाे नाराबाजीबीच यी दुई विधेयक पारित भएकाे हाे ।

अर्थ मन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap