प्रचण्ड र बाबुराम एउटै मञ्‍चमा


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
प्रचण्ड र बाबुराम एउटै मञ्‍चमा

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्‍चमा देखिएका छन् ।

बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा उनीहरु एउटै मञ्‍चमा देखिएका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

‘नयाँ परिस्थिति बनेको छ । आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ । अब मन्त्रिपरिषद् बिस्तार गर्न ढिलो गर्नु हुँदैँन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर ।’ उनले भने, ‘बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ । जति छिटो उहाँको सनाखत हुन्छ । त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूवबीच बिहीवार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले उल्लेख गरे ।

उनले विगतमा केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताए । उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ । यो दुईवटामा आकाश, जमिनको फरक छ भन्ने बुझ्न जरुरी छ ।’

यस्तै अन्तरक्रियामा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याए । नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थ भन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । बस्तुगत रुपमा त हो नै विषयगत रुपमा हामी हिच्किचाइरहेका छौँ ।’ उनले भने, ‘चुनाव चिन्ह छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैनकि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौँ अब आँट गर्नैपर्छ ।’

उनले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap