काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् ।
आज बिहान प्रचण्ड डल्लुस्थित खनाल निवासमा पुगेर बरिष्ठ नेता खनाललाई भेटेका हुन् । उनले खनाललाई स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
भेटमा प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको छन् । खनालले हालै भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी यही भदौ १४ गते स्वदेश फर्किएका थिए ।