पेनकिलरले कसरी शरीरका अंगहरुमा असर गर्छ ?


लेखक : सुन्दराञ्चल      साउन २०, २०७८ मा प्रकाशित     
पेनकिलरले कसरी शरीरका अंगहरुमा असर गर्छ ?

शरीरको दुखाई कम गर्न हामी पेन किलर सेवन गर्छौं । पेनकिलरले क्षणिक रुपमा कुनैपनि दुखाईबाट छुटकारा दिएपनि दीर्घकालिन असर गर्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ ।
दम

केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । नियमित मात्रामा पेन किलर सेवन गर्दा त्यसले फोक्सोको समस्या निम्त्याउँछ ।

पेटमा घाउ हुनसक्छ

पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा ग्यासको समस्या ल्याउने संभावना हुन्छ । छातीमा जलन, पेट दुखाई, नमिठो डकार, वान्ता हुनसक्छ । यसले क्रमस पेट सुन्निने समस्या ल्याउँछ । यो क्रम जारी रहेमा पेटमा घाउ आउन सक्छ ।

मुटुको रोग

लामो समयसम्म कुनैपनि पेनकिलर सेवन गर्दा त्यसले मृगौलाको रोग निम्त्याउँछ । कलेजोलाई हानी गर्छ । मानसिक रोगी बनाउँछ । किनभने पेन किलरले रगतलाई दुषित बनाउँछ । यसले हृदयघातको समस्या पनि ल्याउन सक्छ ।

कलेजो सुन्निने

पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।

रक्तश्राव हुनसक्छ

एक अध्ययन अनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरानक छ । कुनैपनि पेनकिलर औषधीको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ । यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौंलालाई हानी हुने खतरा रहन्छ ।

गर्भपात

गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । पेनकिलरको सेवनले गर्भपानत हुने खतरा रहन्छ ।

रक्तचाप बढ्छ

पटक पटक पेनकिलर सेवन गर्दा त्यसको लत लाग्छ । यस औषधीले लगातार सेवनले उच्च रक्तचाप बढ्न सक्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap