पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

८ भदौ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मंगलबार विज्ञप्तिमार्फत् मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । ‘कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘आहतका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ । अत्यावश्यकीय उपभोग्यवस्तु माथि पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु ।’

नेविसंघले स्वचालित मूल्य प्रणालीका नाममा पटकपटक मूल्यवृद्धि गर्नु जनविरोधी कार्य भएको दाबी आरोप लगाएको छ ।

आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई-दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टितेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरी १,४५० कायम गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap