पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबानको सरकार प्रमुख आग्रह


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबानको सरकार प्रमुख आग्रह

२४ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको घोषणा गरेको सरकारका कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्व अधिकारीलाई मुलुक फर्किन आग्रह गरेका छन् । उनले अफगानिस्तानमा उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने बताएका छन् ।

बुधबार अलजाजिरासँगको अन्तर्वार्तामा बोल्दै उनले कूटनीतिक अधिकारी, दूतावास र मानवीय सहयोगजस्ता क्षेत्रमा सुरक्षाको प्रत्याभूति गरिने बताएका छन् । त्यस्तै उनले आफ्नो क्षेत्र र अन्य क्षेत्रका मुलुकसँग सकारात्मक र बलियो सम्बन्ध राख्न चाहेको उल्लेख गरेका छन् ।

अखुन्दले तालिबानका नेतालाई अहिले अफगान नागरिकप्रति ठूलो जिम्मेवारी र परीक्षा रहेको बताएका छन् । ‘हामीले अफगानिस्तानको इतिहासमा ठूलो मानवीय र आर्थिक क्षति बेहोरेका छौं । अब रक्तपात, हत्या र अफगानिस्तानका मानिसप्रतिको अपमानको चरण सकिएको छ र हामीले यसको मूल्य पनि चुकाइसकेका छौं’, उनले भने ।

अखुन्दले मानिसको यसअघिको कदमको कारण कसैलाई पनि क्षति नपुर्‍याइएको दाबी गरे । तालिबानले मंगलबार आफ्नो अन्तरिम सरकार घोषणा गरेको थियो । यो सरकारमा रहेका ३३ पदमध्ये १४ ओटा पदमा सन् १९९६-२००१ मा शासनकालका तालिबानी अधिकारी छन् ।

तालिबानले बनाएको सरकारमा महिला र कमजोर धार्मिक अल्पसंख्यक नअटाएको भन्दै यसको विरोध भइरहेको छ । यसअघि तालिबानले अफगानिस्तानमा समावेशी सरकार बनाउने बताएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap