पूर्वप्रेमिकाको बिहेकै दिन महिलाको पहिरनमा उनलाई भेट्न जाने ‘पागल प्रेमी’ !


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
पूर्वप्रेमिकाको बिहेकै दिन महिलाको पहिरनमा उनलाई भेट्न जाने ‘पागल प्रेमी’ !

याँदिल्ली १भाद्र । मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही गाउँका एक युवक आफ्नी पूर्व प्रेमिकाको विवाह समारोहमा उनकै घरमा महिलाको पहिरनमा लुकेर छिरे । उनी पूर्व प्रेमिकाको घर पुग्दा त्यहाँ विवाहको धुमधाम तयारी भइरहेको थियो । तर ती युवक भने नक्कली कपाल जोडेर, महिलाको कपडा लगाएर, फेसमा मेकअप समेत गरेर महिला जस्तै बनेर पूर्व प्रेमिकाको घर पुगेका थिए । रोचक त के भने उनी लेडीज चप्पल लगाएर र लेडीज ब्याग बोकेरै प्रेमिकालाई लुकेर चियाउन त्यहाँ पुगेका थिए ।

जब ती युवकको टाउकोबाट नक्कली कपाल बाहिर झर्न थाल्यो त्यसपछि वरपरका मानिस दंग परेर उनलाई हेर्न थाले । धेरैले ती युवकलाई समातेर उनीबारे सोधपुछ गर्न थाले । युवकले सत्य कुरा सबै बताए । खासमा त्यस दिनकी वेहुली ती युवककी पूर्व प्रेमिका थिइन् ।उनले आफू कसैलाई थाहा नदिइकन लुकेर प्रेमिकालाई हेर्न आएको कुरा उनले भने र त्यस दिन लुकेर प्रेमिकालाई भेट्न समेत प्रयास गरेका थिए । तर वेहुली घरको माहोल बिग्रिन थालेपछि ती युवक आफ्ना साथीसँग मोटर बाइकमा चढेर भागे ।तर ती युवकको यस्तो यस्तो हर्कतको भिडियो र फोटो विवाह समारोहमा उपस्थित भएका अधिकांशले खिचि सकेका थिए । भिडियो खिचेनन् मात्रै ती युवकको भिडियो केही बेरमै सामाजिक सञ्जालमा भाइरल भयो । यही जुन महिनाको पहिलो साताको यस्तो घटनाबारे भारत मात्रै नभएर पश्चिमा मिडिया सहित थुप्रै विदेशी मिडियाले समाचार बनाएका छन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap