पुनः काँग्रेसको वडा अधिवेशन गर्नूपर्ने माग गर्दै डडेल्धुरामा रिले अनशन सुरु


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
पुनः काँग्रेसको वडा अधिवेशन गर्नूपर्ने माग गर्दै डडेल्धुरामा रिले अनशन सुरु

डडेल्धुरा, ७ असाेज । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको छ ।

पार्टी सभापति देउवाले मनोमानी रुपमा अवैधानिक रुपमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला कमिटिलाई वाइपास गरेर वडा अधिवेशन गरेकाले बिहीबारदेखि रिले अनसन थालिएको हो । नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बिहीबारदेखि अनिश्चितकालका लागि पार्टी कार्यालयमै रिले अनसन थालिएको जानकारी दिए।

‘वडाबाट सिफारिस गरिएका चार सय ६० जना क्रियाशिल सदस्यको नाम कटाएर केन्द्रबाटै अवैध रुपमा तीन सय १२ जना थपेर अवैधानिक हिसाबले वडा अधिवेशन गर्ने काम गरिएको छ,’ बिष्टले  भने, ‘वडाबाट सिफारिस भएका क्रियाशिल सदस्य कायम गर्नूपर्ने र गत भदौ २५ गते गरिएको वडा अधिवेशन स्थगीत गरेर पुनः गर्नूपर्ने माग हाम्रो हो ।’

क्रियाशिल सदस्यता विवादकै कारण जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशन स्थगीत गरेका थिए । तर देउबा पक्षले सुरक्षाकर्मी परिचालन गर्दै भदौ २५ मा वडा अधिवेशन गरेको थियो । सो अदिबेशन मल्ल पक्षले स्विकार गरेको छैन ।

देउवाले हस्तक्षेप गरेर अवैधानिक रुपमा गरेको अधिवेशन स्थगीत गरी नयाँ मिति तोक्नुपर्ने माग जिल्ला सभापति मल्ल पक्षको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap