पीएसजीमा नयाँ ‘ट्रिओ’, मेस्सी र नेयमार फेरि सँगै


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
पीएसजीमा नयाँ ‘ट्रिओ’, मेस्सी र नेयमार फेरि सँगै

२७ साउन, काठमाडौं । लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ अट्याकिङ ‘ट्रिओ’ बनेको छ ।

पेरिस क्लबमा मेस्सी फेरि पुराना साथी नेयमारसँगै हुनेछन् । नेयमार केही वर्षअघि बार्सिलोनाबाटै पीएसजी पुगेका थिए ।

पीएसजीमा अब मेस्सी, किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार सँगै थिए । त्यसलाई ‘एमएसन’ भनिन्थ्यो ।

अब पीएसजीमा सुआरेजको सट्टा एमबाप्पे छन् र यसलाई ‘एमएमएन’ (मेस्सी, एमबाप्पे र नेयमार) भनिएको छ ।

एमएसएनले बार्सिलोनामा रहँदा उत्कृष्ट प्रदर्शन गरेको थियो । अब पीएसजीमा एमएमएनले कस्तो प्रदर्शन गर्छ त्यो हेर्न बाँकी छ । तर सत्य के छ भने एमएमएन अहिले विश्वकै उत्कृष्ट अट्याकिङ लाइन भने बनेको छ ।

सुआरेज सन् २०१४ मा लिभरपुलबाट क्याटलान क्लबमा आबद्ध भएपछि मेस्सी, सुआरेज र नेयमारले बार्सिलोनामा तीन सिजन सँगै खेलेका थिए । सन् २०१७ मा नेयमार पीएसजी गएपछि यो ट्रिओ छुटेको थियो ।
त्यस समय यी तीन मिलेर ३६४ गोल गरेका थिए भने १७३ असिस्ट गरेका थिए ।

यस्तै तीन जना सँगै हुँदा बार्सिलोनाले दुई ला लिगा, तीन कोपा डेल रे तथा स्पानिस सुपर कप, च्याम्पियन्स लिग, युईएफए सुपर कप र फिफा क्लब वर्ल्ड कप एक-एक पटकसमेत जितेका थिए ।

तीन सिजन, ५०० भन्दा बढी गोल तथा असिस्ट र ९ ट्रफीले एमएसएनलाई चिनाएको थियो ।

यस्तो बन्यो पीएसजीको टोली

पीएसजीको अबको एउटै चाहना च्याम्पियन्स लिग जित्नु हो । मेस्सीको आगमनपछि पीएसजी थप बलियो बनेको छ ।

यसअघि नै पीएसजीले फ्रि ट्रान्सफरमा जर्जिनिओ विजनाल्म, सर्जियो रामोस र जियानलुजी डोनारुम्बालाई भित्र्याइसकेको छ । त्यसअघि अच्रफ हाकिमीलाई पनि अनुबन्ध गरिसकेको छ ।

मेस्सीसहित ५ नयाँ खेलाडी भित्र्याएको पीएसजीले हरेक पोजिसनलाई बलियो बनाएको छ ।

युरो २०२० को उत्कृष्ट खेलाडी बनेका इटालियन गोलकिपर डोनारुम्माले पीएसजीको गोलपोष्ट सम्हाल्ने सम्भावना छ । यस्तै डिफेन्स लाइनमा रामोस र हाकिमीसँगै कप्तान मार्क्विन्होस र उपकप्तान प्रेसनल किम्बेम्पे हुनेछन् ।

एन्जल डि मारिया र मार्को भेराट्टीलाई मिडफिल्डमा सघाउन विजनाल्डम आइपुगेका छन् भने अट्याकमा नेयमार र एमबाप्पेसँगै अब मेस्सी थपिएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap