पीएनजी १३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
पीएनजी १३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट

२२ भदौ, काठमाडौं । बलरहरु चम्केपछि नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो ओडीआईमा उत्कृष्ट सुरुवात गरेको छ । नेपाली बलरसामु खुलेर खेल्न नसकेपछि पपुवा न्यु गिनी १३४ रनमै अलआउट भएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनाएको हो ।

पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोडे । जासोन किला र डामिएन राभुले खाता समेत खोल्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै ओडीआई डेब्यु गरेका विक्रम सोबले ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पीएनजीले सुरुमै विकेट गुमाएपछि दबाबमा आएको थियो ।

यसै खेलबाट ओडीआईमा डेब्यु गरेका नेपालका विक्रम सोबले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिँदै शानदार सुरुवात गरे । उनले खेलको दोस्रो ओभरमै बलिङ गर्ने अवसर पाउँदा पीएनजीका ओपनर टवनी उरालाई १ रनमै बोल्ड गरे ।

त्यसपछि आफ्नो दोस्रो ओभरमा उनले कप्तान असद भालालई आरिफ शेखबाट क्याचआउट गराए । भालाले जम्मा ४ रन जोडे ।

९ रनमै सुरुवाती दुई विकेट गुमाएपछि पीएनजीले केही सम्हालिएर खेल्ने प्रयास गर्‍यो । सिएका र अमिनीले तेस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै इनिङ्स उकास्न खोजेका थिए । तर नेपालका सन्दीप लामिछानेले १२ औं ओभरमा अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए ।

त्यसपछि भने पीएनजीले नेपाली बलर सामु खुलेर खेल्न सकेन र नियमित अन्तरमा विकेट गुमायो । लगत्तै अर्को ओभरमा कुशल मल्लले सिएकालाई कट एण्ड बोल्ड गर्दा पीएनजीले चौथो विकेट गुमायो ।

सेसे बाउ र डोरिगाले इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । तर स्कोर ८५ हुँदा पीएनजीले पाँचौ विकेट गुमायो ।

सन्दीपले २० औं ओभरमा सेस बाउलाई कुशल मल्लबाट क्याचआउट गराए । २३ औं ओभरमा कुशल मल्लले कुशल भुर्तेलाई डोरिगालाई क्याचआउट गराउदै नेपाललाई छैटौं सफलता दिलाए ।

जासोन किलालाई सन्दीपले २४ औं ओभरमा एलबीडब्लु धरापमा पारे । यस्तै सोमपाल कामीले ३० औं ओभरमा गाउड टोकालाई कुशल भुर्तेलबाट क्याचआउट गराउँदै नेपाललाई आठौं सफलता दिलाए ।

सोही ओभरमा डोमिएन राभु खाता नखोली रनआउट भए । ३३ औं ओभरको अन्तिम बलमा सन्दीपले नोसाइना पोकनालाई एलबीडब्लु धरापमा पार्दै पीएनजीको इनिङ्स समाप्त पारेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap