पुस २३,कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्व तयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्व तयारीसहित देखिन्छ । विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् । तर, विगतमा नेपाल-भारतमै लकडाउन हुँदा नाका केही व्यवस्थित थियो ।
‘पारी गएर दैनिक आवश्यक सामग्री खरिद गर्नेको भिड हुन्छ । यो त नेपालमै पाउन्छ । पहिलो महत्वको हैन । अस्पताल, विद्यार्थीको परीक्षा पहिलो प्राथमिकता हुन् । उनीहरू कमै आउँछन् । आएका पनि स्वास्थ्य मापदण्डसहित हुन्छन् । दैनिक उपभोग्य सामग्री ल्याउनेबाट खतरा छ ।’
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन माथिल्लो निकायबाट मौखिक निर्देशन आएको बताए । नाकामा दैनिक उपभोग्य सामग्री खरिद गर्नेलाई पनि कडाइ गर्ने निर्देशन आए त्यहीअनुसार अघि बढ्ने डिएसपी दाहालको भनाइ छ ।
विदेशी नागरिकको हकमा ७२ घण्टाको पिसिआर रिर्पोट वा डोज पूरा गरेको खोप कार्ड वा एन्टिजेन्ट रिर्पोट अनिवार्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकको हकमा कुनै कागजात नभए पनि नेपालमै खोप लगाएर एन्टिजेन्ट परीक्षण गरेर पठाइन्छ ।एन्टिजेन्ट रिर्पोट पोजेटिभ आए ती व्यक्ति बस्ने सम्बन्धित पालिकासँग समन्वय छुट्टै गाडीमा पठाइने गरेको प्रजिअ तिमिल्सिनाले बताए । त्यसरी जान नसके मेची अस्पताल भद्रपुर लगिने उनले बताए ।