पानीट्याङ्की बजार गएर फर्कनेबाट जोखिम


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
पानीट्याङ्की बजार गएर फर्कनेबाट जोखिम
पुस २३ कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्व तयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्व तयारीसहित देखिन्छ । विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् ।
तर, विगतमा नेपाल-भारतमै लकडाउन हुँदा नाका केही व्यवस्थित थियो । अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । जसका कारण नजिकका भारतीय बजार पानीट्यांकी लगायत क्षेत्र पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरुकै कारण नाकामा जोखिम पनि बढेको छ ।

दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन् । तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिए ।पारी गएर दैनिक आवश्यक सामग्री खरिद गर्नेको भिड हुन्छ । यो त नेपालमै पाउन्छ । पहिलो महत्वको हैन । अस्पताल, विद्यार्थीको परीक्षा पहिलो प्राथमिकता हुन् । उनीहरू कमै आउँछन् ।

आएका पनि स्वास्थ्य मापदण्डसहित हुन्छन् । दैनिक उपभोग्य सामग्री ल्याउनेबाट खतरा छ ।’स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन माथिल्लो निकायबाट मौखिक निर्देशन आएको बताए । नाकामा दैनिक उपभोग्य सामग्री खरिद गर्नेलाई पनि कडाइ गर्ने निर्देशन आए त्यहीअनुसार अघि बढ्ने डिएसपी दाहालको भनाइ छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाकामा कडाइ गरिएको बताए । उनले खोप नलगाई नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई नाकमै खोप लगाइने व्यवस्था गरिएको छ । यस्तै, शंकास्पदलाई नाकामै एन्टिजेन्ट परीक्षणको पनि व्यवस्था गरिएको उनले बताए । ९ पुसबाट नाकामा खोपको कार्यक्रम सुरु गरिएको छ ।
विदेशी नागरिकको हकमा ७२ घण्टाको पिसिआर रिर्पोट वा डोज पूरा गरेको खोप कार्ड वा एन्टिजेन्ट रिर्पोट अनिवार्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ
।नेपाली नागरिकको हकमा कुनै कागजात नभए पनि नेपालमै खोप लगाएर एन्टिजेन्ट परीक्षण गरेर पठाइन्छ ।एन्टिजेन्ट रिर्पोट पोजेटिभ आए ती व्यक्ति बस्ने सम्बन्धित पालिकासँग समन्वय छुट्टै गाडीमा पठाइने गरेको प्रजिअ तिमिल्सिनाले बताए । त्यसरी जान नसके मेची अस्पताल भद्रपुर लगिने उनले बताए ।

 

 

 

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap