दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन् । तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिए ।पारी गएर दैनिक आवश्यक सामग्री खरिद गर्नेको भिड हुन्छ । यो त नेपालमै पाउन्छ । पहिलो महत्वको हैन । अस्पताल, विद्यार्थीको परीक्षा पहिलो प्राथमिकता हुन् । उनीहरू कमै आउँछन् ।
आएका पनि स्वास्थ्य मापदण्डसहित हुन्छन् । दैनिक उपभोग्य सामग्री ल्याउनेबाट खतरा छ ।’स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन माथिल्लो निकायबाट मौखिक निर्देशन आएको बताए । नाकामा दैनिक उपभोग्य सामग्री खरिद गर्नेलाई पनि कडाइ गर्ने निर्देशन आए त्यहीअनुसार अघि बढ्ने डिएसपी दाहालको भनाइ छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाकामा कडाइ गरिएको बताए । उनले खोप नलगाई नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई नाकमै खोप लगाइने व्यवस्था गरिएको छ । यस्तै, शंकास्पदलाई नाकामै एन्टिजेन्ट परीक्षणको पनि व्यवस्था गरिएको उनले बताए । ९ पुसबाट नाकामा खोपको कार्यक्रम सुरु गरिएको छ ।
विदेशी नागरिकको हकमा ७२ घण्टाको पिसिआर रिर्पोट वा डोज पूरा गरेको खोप कार्ड वा एन्टिजेन्ट रिर्पोट अनिवार्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ
।नेपाली नागरिकको हकमा कुनै कागजात नभए पनि नेपालमै खोप लगाएर एन्टिजेन्ट परीक्षण गरेर पठाइन्छ ।एन्टिजेन्ट रिर्पोट पोजेटिभ आए ती व्यक्ति बस्ने सम्बन्धित पालिकासँग समन्वय छुट्टै गाडीमा पठाइने गरेको प्रजिअ तिमिल्सिनाले बताए । त्यसरी जान नसके मेची अस्पताल भद्रपुर लगिने उनले बताए ।