पहिलो टेष्टमा भारत विजयी


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
पहिलो टेष्टमा भारत विजयी

१ भदौ, काठमाडौं । भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई १५१ रनले पराजित गरेको छ ।

लर्ड्समा प्राप्त जितपछि भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड अन्तिम दिन खराब ब्याटिङ गर्दै १२० रनमै अलआउट भएको थियो।

सोमबार भारतले ८ विकेट गुमाएर २९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्यान्डका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ र मोइन अली १३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका मोहम्मद सिराजले ४ विकेट लिए । यस्तै जस्प्रित बुमराहले ३ तथा इशान्त शर्माले २ विकेट लिए ।

त्यस अघि दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रन बनाउँदा मोहम्मद शामीले ५६ रनको महत्वपूर्ण इनिङ्स खेले ।

इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अली र ओली रोबिनसनले २/२ विकेट लिए ।

लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३६४ रन बनाउँदा इंग्ल्याण्डले ३९१ रन जोडेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap