महादेव गिरी
संवाददाता
धनगढी चैत १६। धनगढी उपमहानगरपालीका ५ शिवनगमा चैतन्य पाठशाला स्टोन ब्रिज सेकेण्डरी स्कुलको आयोजनामा असल अभिभावक,सुखी परिवार, अभिभावक शिक्षा कार्यक्रम गरिएको छ । उक्त सेकेण्डरी स्कुलले असल अभिभावक, सुखि परिवार बिषयका बारेमा शिक्षक, अभिभावक तथा बिद्यार्थीका बिच सो कार्यक्रम गरिएको हो । पछिल्लो समयमा शिक्षा क्षेत्रमा देखीएका ब्यवहारिक समस्या र अभिभावक तथा शिक्षक बिचको समन्वय नहुनुले असल अभिभावक र खुसी परिवार हुन नसकेको सहभागिहरुको भनाई रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा वक्ता डाक्टर चिन्तामणी योगीले पहिला असल अभिभावकबाट नै घ परिवार संस्कारको सुरुवात हुने भएकाले पहिला असल अभिभावक हुनु जरुरी रहेको बताए । उनले भने पहिला असल अभिभावक बन्नुहोस, असल अभिभावकबाट परिवार असल बन्छ, असल परिवारबाट समाज, असल समाजबाट असल देश बन्ने उनको धारणा छ । यस्तै स साना बालबालीका घरपरिवारको संस्कार सिक्दै हुर्कीदै आएकाले समाज तथा बिद्यालयमा पनी प्रभाब पर्ने उनले बताए । जब घरपरिवारबाट राम्रो संस्कार, शिक्षाबाट अगाढी बढ्यो भने राम्रो तथा खुसी परिवार बन्ने उनको भनाई छ ।

यस्तै आयोजक तथा चैतन्य पाठशाला स्टोन ब्रिज सेकेण्डरी स्कुलका अध्यक्ष हिमाल शाहले शिक्षक, अभिभावक तथा बिद्यार्थीका बिच आपसी समन्वयात्मक छलफल हुनुपर्ने बताए । पछिल्लो समयमा बिभिन्न बिकृर्ती बिसंगतीले बिद्यार्थी शिक्षक तथा शिक्षामा नराम्रो असर पारेकाले डाक्टर चिन्तामणी योगीले भनेजस्तै आपसी समन्वयात्मक, संस्कार तथा अनुशासीत बन्नुपर्ने जोड दिए । जस्बाट चेतनाको बिस्तार
हुने,सकारात्मक सोचको बिकास हुने, ब्यक्तीत्वको बिकास हुने उनले बताए । यस्तै बिद्यालयका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी ले पनी प्राकृतिक अभ्यासको जरुरत पर्ने बताए । त्यस्तै अभिभावक जगत प्रसाद जोशीले भौतिक सुख सुबिधा भन्दा नैतिकशिक्षा तथा संस्कारबाट ब्यवहारीक शिक्षा, स्वास्थ्य लगायतको बिकास हुने बताएका छन् । कार्यक्रमका सभापतीको रुपमा हिमाल शाह, कार्यक्रमका प्रमुख अतिथी तथा आध्यात्मीक वक्ता डा,चिन्तामणी योगी, बिशिष्ट अतिथीमा गणेश बहादुर सिँह,कार्यक्रममा स्वागत मन्त्व्य गणेश प्रसाद जोशीले गरेका थिए । महेश दाहाल, मेखराज दाहाल, शिक्षक संघ अध्यक्ष मनिराज थापाले प्रस्तुति राखेका थिए ।
