१६ साउन, भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।
आइतबार रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।