पहिरो जाँदा बुढीगंगा नदी थुनीयो


लेखक : सुन्दराञ्चल      साउन १४, २०७८ मा प्रकाशित     
पहिरो जाँदा बुढीगंगा नदी थुनीयो

बाजुरा १४, साउन बाजुरामा पहिरो जाँदा बुढीगंगा नदी थुनीएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको हो । नदी थुर्निकाल तटीय क्षेत्रमा सतर्कतामा अपनाउन जिल्ला प्रशांसन कार्यालय अछामले अनुरोध गरेको छ । पहिरो थुनिएको नदी फुटेर बग्ना साथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव वढ्न सक्ने भएकाले बुढीगंगा नदी छेउछाउका बस्तीहरुमा सतर्कता अपनाउन अछाम प्रशांसनले अनुरोध गरेको हो । प्रशांसनले उक्त विषयमा विभिन्न निकायहरु सँग नियमित समन्वय तथा प्रत्यक्षे सम्पर्क भैरहेको जनाएको छ । साहेक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सेनाल कुनै पनि स्थानमा कुनै समस्या देखिएमा तत्काल प्रशांसन कार्यालय र प्रहरीमा खबरगर्ने आग्रह गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap