गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लामा मंगलबार राति अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको हो ।
माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्युको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।