पहिरनमा मौलिक शैली


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
पहिरनमा मौलिक शैली

रोजिन शाक्य

भाद्र १३, २०७८ पछिल्लो समय चाडपर्व लक्षित फेसनमा परम्परागत शैली लोकप्रिय हुने गरेको पाइन्छ । यसमा सुन्दरता र शालीनताको संमिश्रण पाइने भएकाले यो शैलीले चाडपर्वमा प्राथमिकता पाउने गरेको हो । सहर–बजारका सिंगल स्टोर, होलसेल स्टोर वा डिजाइनर आउलेट, स्टुडियो वा बुटिक यतिखेर तीज लक्षित परम्परागत पहिरनले भरिभराउ छन् । अरु समयमा क्याजुयल, कम्फोर्टेबल एवं स्टाइलिस पहिरनमा सजिन रुचाउने समूहहरू पनि तीजको परिवेशमा यस्ता फेसनप्रति बढी आकर्षित हुने गरेका छन् । मूलतः साडी, कुर्ता–सलवार, सलवार–कमिज, लेहेंगा, सलवार सुटको विविध स्टाइल वरपर नै धेरै जना केन्द्रित रहने गरेको पाइन्छ ।

 

तीजको पर्याय बनेको रातो रंगको महत्व सबै खाले परम्परागत पहिरनमा सदाझैं सदाबहार देखिन्छ । यसबाहेक साडीमा पर्पल, नेवी ब्लू, मस्टर्ड एलो, मजेन्टा, पिन्क, मरुन, सी ग्रीन, नेभी ब्लू आदिको विविधता देख्न सकिन्छ । त्यस्तै, ज्याक्वार्ड सिल्क, बनारसी सिल्क, जर्जेट साडीहरू बढी प्रचलनमा देखिन्छन् । कुर्ता–सलवारको विविधतामा भने पाइन्ट स्टाइल, पलाजो, पटियाला, चुडीदार, फ्लोर लेन्थ अनारकली स्टाइलको लोकप्रियता पाइन्छ भने फेब्रिकको चुनावमा सिल्क, सिफन, भेल्भेट, कटन, बनारसी सिल्क, बैंगलौरी सिल्क आदिको प्रयोग बढी पाइन्छ । लेहेंगामा भने ‘ए’ लाइन, सर्कुलर स्टाइलका बढी प्रचलनमा छन् । इम्ब्रोइडरीसहितका नेट, जर्जेट अर्गान्जा, ब्रोकेट, बनारसी सिल्क फेब्रिकमा वाइन, पेस्टल ग्रीन, मरुनदेखि बेज, ओलिभ ग्रीन, नेभी ब्लू आदि रंगहरूको बहार देख्न पाइन्छ । यीबाहेक पाकिस्तानी तथा अबाया सुट्सको शैली पनि तीजको फेसनको दायरामा देख्न सकिन्छ ।

 

डिजाइनर वेयरमा तीज फेसन

फेसन डिजाइनर प्रेम देवले तीजलाई लक्षित भेल्भेटका साडीहरू तयार पारेका छन् । ह्यान्ड इम्ब्रोइडरीको विशेषता भएका रातो, हरियो, नेवी ब्लू तथा रोयल ब्लू रंगको आकर्षणमा तयार पारिएका तीज लक्षित साडीहरू उनको सिर्जनामा परेका छन् । भेल्भेट फेब्रिकमै तयार पारिएका डीप ब्याक ओपन हार्ट सेप नेकलाइन भएका ब्लाउज उनले आफ्नो डिजाइनर साडीको जोडाका रूपमा प्रस्तुत गरेका छन् । तीज लक्षित नै उनका अन्य सिर्जनामा आर्टिफिसियल जर्जेटबाट बनेका हरियो र रातो रंगका डिजाइनर वान पिस पहिरन तथा गाउनहरू भएको उनले बताए ।

अर्का फेसन डिजाइनर आलोक अर्यालले पनि तीजका लागि अनारकली स्टाइललाई प्राथमिकता दिँदैछन् । सर्ट, कुर्ता र अनारकली स्टाइलको जोडालाई उनी आफ्नो सिग्नेचर स्टाइलसहित बजारमा ल्याउँदैछन् । रातो रंगको क्यानभासमा उनी सिल्भर वर्कलाई प्राथमिकता दिइरहेको बताउँछन् । सिल्क र नेट मिक्स भएका हरियो, पहेंलो र ट्रेन्डी पिंक कलरमा उनले तयार पार्ने साडीहरू पाउने उनको भनाइ छ । साडी सुहाउँदो ब्लाउजका लागि भने उनले हेभी ह्यान्ड वर्क गरिएका ब्लाउजलाई तीज विशेषका रूपमा प्रस्तुत गर्दैछन् । ‘टू की कट्’ सहितको बोट नेक, स्वीट हार्ट नेकलाइनका ब्लाउजमा उनको डिजाइनर शैलीलाई देख्न पाइनेछ ।

 

त्यस्तै, डिजाइनर आरजु श्रेष्ठ पनि तीजका लागि उत्साहित देखिइन् । उनी भने आफ्नो सिर्जनाको दायरा कुर्ताको डिजाइनमा लक्षित गरिरहेकी छन् । विशेषतः रातो, हरियो र पहेंलो रंगलाई प्राथमिकतामा राखेर आफूले कुर्ताका शैलीहरू तयार पार्दै गरेको उनले बताइन् । उनको रोजाइमा लाइट प्रिन्ट भएका जर्जेट फेब्रिक रहेका छन् । उनले मूलतः अनारकली र लोरलेन्थ स्टाइलमा कुर्ताका डिजाइनहरू तीज लक्षित गरिरहेको सुनाइन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap