धनगढी २९ भाद्र । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला तर्फ जान लागेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट छुटेको सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बझाङको थलरा घर भएका १८ वर्षीय अर्जुन नेपाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको हो । यस्तै अन्य ३ जना घाइते भएका छन् । घाईते हुनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ओम शान्ती टोलका माधव भट्ट, बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का हरिप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का रहेका छन् ।
उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । भिरको माथिबाट खसेको ढुङगा बसभित्रै पसेको बताइएको छ ।